जलहरीको छानबिनका लागि समिति बनाउन काँग्रेस सांसद् प्रदीप पौडेलको माग

200
0
Share:

काठमान्डौ/नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले पशुपतिको जलहरी प्रकरणमा सांसदले सदनमा बोलेको कुरा हटाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै जलहरी प्रकरणलाई संसदले नै ढाकछोप गर्न खोजेको उनको आरोप छ ।

 

उनले भने, ‘भ्रष्टाचार कहीँ पनि हुनुहुँदैन । त्यसमाथि धार्मिक आस्थाको केन्द्रमा भ्रष्टाचार जोडिँदा संसारसामु हाम्रो शिर निहुरिएको छ । यो विषयमा तत्कालीन सरकारले जस्तो यो सरकारले पनि निर्णय गर्न पाउने कि नपाउने रु उजुर परेको दुई वर्षपछि बल्ल अख्तियारले छानबिन थालेको छ । महालेखाको प्रतिवेदनमा प्रस्ट भनिएको विषयलाई अख्तियारले किन यति ढिलोगरी छानबिन गर्‍यो रु यसको निर्णय प्रक्रियाको विषयमा विभिन्न विषयहरू जोडिएका छन् ।’

 

उनले यो गम्भीर विषय छानबिनको लागि समिति बनाउन माग गरे ।

Share: