
काठमान्डौ/भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई आज उनकै निवास नक्सालबाट नियन्त्रणमा लिएको हो ।
ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा आरोपित रहेका उनी प्रहरीको फरार सूचीमा रहेका थिए ।