धर्म गुरु भनिने काफ्ले पक्राउ, साढे दुई करोड बढी ठगेको आरोप

307
0
Share:

काठमान्डौ/आफूलाई धर्म गुरु बताउँदै आएका पुरुषोत्तम काफ्ले पक्राउ परेका छन् । काफ्लेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को टोलीले भारतको हरिद्वारबाट पक्राउ गरी सोमबार काठमाडौं ल्याइएको सीआईबीले जनाएको छ ।

 

काफ्लेविरुद्ध २ करोड ६९ लाख रुपैयाँ ठगेको आरोप छ । पीडितहरुबाट उजुरी आउने क्रम जारी रहेकाले उनले ठगेको रकमको परिणाम थप बढ्ने सीआईबीका एक अधिकृतले बताए । उनले विभिन्न नेताहरु, नेपाल प्रहरीका बहालवाला तथा पूर्व अधिकृत लगायतसँग फोटो खिचाउने र त्यही फोटो देखाएर विभिन्न व्यक्तिहरुका काम गराइदिने भन्दै रकम असुल्ने गरेको पाइएको सीआईबी स्रोतले जानकारी दिएको छ ।

 

उनीविरुद्ध उजुरी परेपछि प्रहरीले खोजी सुरु गरेको थियो । प्रहरीले उनलाई भारतको उज्जैन, जयपुर हुँदै हरिद्वारसम्म पछ्याएर नियन्त्रणमा लिएको हो । उनलाई नियन्त्रणमा लिन सीआईबीले डीएसपी नेतृत्वको टोली हरिद्वार पठाएको थियो । उनलाई सीआईबीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

Share: