छोरी र श्रीमानसहित ओली भेट्न बालकोट पुगिन् श्वेता खड्का

Share:

काठमान्डौ/अभिनेत्री श्वेता खड्का एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सपरिवार बालकोट पुगेकी छन् । छोरी ब्रिआना र पति विजयन्द्रसिंह रावतलाई लिएर उनी ओली निवास पुगेकी हुन् । भेटपछि सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै उनले नेता ओलीबाट आफूले आशिर्वाद लिएको उल्लेख गरेकी छन् ।

 

भेटमा अध्यक्ष ओलीले श्वेतापुत्री ब्रिआनालाई काखमा लिएर सुम्सुमाइरहेको देख्न सकिन्छ । तस्वीरमा ओली मुस्कुराएका छन् । भेटपछि सामाजिक सञ्जालमा श्वेताले गरेको पोस्टमा लेखिएको छ, ‘काम ठूलो हुन पर्दैन, जे गर्छौं प्रेमपूर्वक गर्दा, सदैव लक्ष्मीको बास हुन्छ । सम्माननीय पूर्वप्रधानमन्त्री केपी बुवा हजुरसँग पहिलो भेट ब्रिआनाको । आशिर्वाद लिंदै ।’

 

आमा बनेपछि श्वेता पछिल्लो समय फिल्मबाट केही टाढा छिन् । उनले सन्तान स्याहारमा व्यस्त हुनुपर्ने कारणले केही समय फिल्मबाट टाढा बस्ने बताएकी थिइन् । नेपाली चलचित्र ‘कहाँ भेटिएला’बाट अभिनयमा डेब्यु गरेकी श्वेताले हाँसिदेऊ एकफेर, श्रीमान श्रीमती, कोहिनुर र कान्छी फिल्ममा अभिनय गरेकी छन् ।

Share: