
काठमान्डौ/ललिता निवास प्रकरणमा पक्राउ परेका सात जनामध्ये तीन जना थुनामुक्त भएका छन् ।
मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर रिहा गरेको छ ।
रिहा भएका उनीहरूलाई हिरासतबाहिरै राखेर अनुसन्धान गरिने सीआईबीका एसपी नवराज अधिकारीले जानकारी दिए । उक्त प्रकरणमा यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ७ जनालाई पक्राउ गरेको थियो ।