
काठमान्डौ/न्याय परिषद्को बैठक आज बस्ने भएको छ । रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक बस्न लागेको हो ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा बस्ने आजको बैठकले न्यायाधीश नियुक्त गर्ने सम्भावना छ । सर्वोच्चमा ६ र उच्च अदालतमा ४१ न्यायाधीश रिक्त छन् । आजको बैठकले उच्च अदालतमा २७ र सर्वोच्चमा ६ न्यायाधीश नियुक्त गर्ने सम्भावना छ ।
न्यायपरिषदको अध्यक्ष प्रधानन्यायाधीश हुने संवैधानिक व्यवस्था छ ।