युक्रेनको क्रामाटोर्स्कमा रुसी मिसाइल प्रहार, बालकसहित ४ जनाको मृत्यु

184
0
Share:

काठमान्डौ/पूर्वी युक्रेनको क्रामाटोर्स्कको मध्य भागमा रुसी क्षेप्यास्त्र प्रहार हुँदा मङ्गलबार साँझ एकजना बालकसहित कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।

 

डोनेट्स्क क्षेत्रका सैन्य प्रशासन प्रमुख पाभ्लो किरिलेन्कोका अनुसार आक्रमण साँझ करिब ७:३० बजे भएको थियो। । ‘हामी अहिले शहरमा घाइते र मृतकको सङ्ख्या निर्धारण गर्न काम गरिरहेका छौँ। यो शहरको केन्द्र हो । यी सर्वसाधारणको भीड हुने सार्वजनिकरूपमा खाने ठाउँहरू थिए,’ उनले भनेका छन् । अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले दोस्रो मिसाइल आक्रमण शहरको बाहिरी भागमा रहेको एउटा गाउँमा भएको बताएको छ ।

 

युक्रेनका आन्तरिक मामिला मन्त्री इहोर क्लाइमेन्कोले टेलिग्राम टिप्पणीमा भनेका छन्,’रुसले जानाजानी भीडभाड भएका क्षेत्रहरूलाई लक्षित गरेको छ ।’
हड्ताल शुरु भएलगत्तै आकस्मिक सेवाहरू घटनास्थलमा पुगेर घाइतेहरूलाई सहयोग गरेका थिए ।

 

सन् २०२२ फेब्रुअरी, २४ मा शुरु भएको रुस९युक्रेन युद्धले धेरैको ज्यान लिइसकेको छ र अहिले पनि दुई राष्ट्रबीच युद्ध जारी छ ।

Share: