२० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णयविरुद्ध ट्याक्सी, ट्रक र ट्यांकर चालकहरुको प्रदर्शन

195
0
Share:

काठमान्डौ/२० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने लगायतका विभिन्न माग राख्दै ट्याक्सी, ट्रक र ट्यांकर चालकहरुले आज काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले कलंकी-बालाजु खण्डको सडकको एक लेन ढाकिने गरी प्रदर्शन गर्दा सवारी आवागमन प्रभावित भएको छ ।

 

सार्वजनिक यातायातका व्यवसायीले स्वदेशमै काम गरेर खान पाउनुपर्ने, रातो प्लेटवाला सवारीले यात्रु बोक्न पाउने नीति खारेज गर्नुपर्ने, ट्याक्सी स्टेण्डको अनिवार्य व्यवस्था गर्नुपर्ने, सवारीमा २० वर्षे अवधि खारेज गर्नुपर्ने माग राखिएको छ ।

 

Share: