जिल्ला अदालत ललितपुरकी नायब सुब्बा कार्यालयमै कुटिइन्, वकिल पक्राउ

435
0
Share:

काठमान्डौ/ललितपुर जिल्ला अदालतकी एक महिला कर्मचारीमाथि हातपात गर्ने कानुन व्यवसायी पक्राउ परेका छन् । बुधबार अपराह्न ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि हातपात गर्ने अधिवक्ता अमिर लामिछानेले पक्राउ परेका हुन् ।

 

पीडित कर्मचारी तामाङले जिल्ला प्रहरी परिसर ललितपुरमा कानुन व्यवसायीविरुद्ध जाहेरी दिएपछि बुधबार नै अधिवक्ता लामिछानेलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक सिद्धी विक्रम शाहले जानकारी दिए । उनका अनुसार लामिछानेमाथि थुनामा राखेर अनुसन्धान भइरहेको छ ।

 

प्रहरी वरिष्ठ उपरीक्षक शाहका अनुसार कार्यालय समय भित्र अदालतको कार्यकक्षमै बसेर काम गरिरहेको समयमा बुधबार अधिवक्ता लामिछानेले तामाङमाथि हातपात गरेका हुन् । मुद्दाको मिसिल र आदेश हेर्न फाइल लिने विषयमा महिला कर्मचारी तामाङमाथि हातपात भएको उपरीक्षक शाहको भनाई छ ।

 

कानुन व्यवसायी लामिछानेले हातपात गर्दा नायब सुब्बा तामाङको भित्री मुखमा चोट देखिएको छ भने तामाङले लगाएको कार्यालय पोसाकको बाहुलासमेत च्यातिएको छ ।

 

Share: