
काठमान्डौ/गायक तथा अभिनेता आमेष भण्डारीले गायिका समीक्षा अधिकारीसँग बिहे गर्न तयार रहेको बताएका छन् । गएको शनिबार एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा समिक्षाको परिवारबाट प्रस्ताव आए आफू समीक्षासँग विवाह गर्न तयार भएको बताएका छन् ।
‘समीक्षाको बुबाआमा केटा माग्न तपाईको घर आउनुभयो भने तपाईँ समिक्षासँग विवाह गर्नुहुन्छ ?’ भन्ने प्रश्नको उत्तर दिँदै उनले भनेका छन, ‘त्यस्तो भयो भने त म एकदम लक्की हुन्छु । मेरो उमेर पनि भईसक्यो । म विवाह गर्छु ।
उनले दिएको यो अभिव्यक्तिको क्लिप्स अहिले टिकटकमा भाइरल भएका छन् । उनले कार्यक्रममै समिक्षाको लागि ‘तिमी रोएको पल तिमीलाई हँसाउन नसकौला’ बोलको गीत पनि गाएका थिए ।
प्रेम चर्चाबीच आमेशले दिएको यस्तो अभिव्यक्तिले दर्शकलाई यी दुईबीच निकटता बढेको हुनसक्ने संकेत मिलेको छ । तर उनले आफू र समीक्षा प्रेममा नरहेको बताएका छन् । विवाह गर्न तयार भएता पनि हाल समीक्षा आफ्नो मिल्ने साथी मात्र भएको उनको भनाइ छ’, उनले भनेका छन्, ‘टिकटकमा हाम्रो जोडी राम्रो देखेकाले दर्शकले यस्तो ठान्नु भएको होला तर अहिले हामी प्रेममा छैनौं । पछि के हुन्छ थाहा छैन । जे पनि हुनसक्छ ।’