कोशीमा काँग्रेसका थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

Share:

काठमान्डौ/कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसको प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अघि बढाउने गठबन्धन दलहरूले निर्णय गरेका छन् ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

 

कोशी प्रदेशभित्र गठबन्धनमा सबैभन्दा ठूलो संख्या काँग्रेसको रहेकाले बाँकी सिट संख्या पुर्‍याउने जिम्मा पनि काँग्रेसलाई नै दिइएको ती नेताले बताए । बैठकले विभिन्न प्रदेशमा मन्त्रिमण्डलमा राख्नुपर्ने सदस्यहरूको पनि टुङ्गो लगाएको बताइएको छ । त्यस्तै, जनमत पार्टीलाई पनि सरकारमा सहभागी गराउने र मन्त्रालयका बारेमा उचित निष्कर्ष निकाल्ने सहमति भएको छ ।

 

बैठकमा विभिन्न विश्वविद्यालयका पदहरूको व्यवस्थापन गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

Share: