अमेरिकामा गोली प्रहारबाट चार जनाको मृत्यु, दुई जना घाइते

211
0
Share:

काठमान्डौ/अमेरिकाको पेन्सिलभेनिया राज्यको फिलाडेल्फिया सहरमा सोमबार गोली हानी चारजनाको हत्या गरिएको प्रहरीले जनाएको छ । घटनामा दुई र १३ वर्षका दुई बालबालिका घाइते भएका छन् ।

 

मृत्यु हुनेमा सबै पुरुष रहेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने संदिग्ध बन्दुकधारीलाई हिरासतमा राखिएको र ती व्यक्तिको साथबाट राइफल र ह्यान्डगन बरामद गरिएको छ । ती व्यक्तिले बुलेटप्रुफ भेस्ट लगाएको प्रहरीले जनाएको छ । जुलाई ४ अर्थात् मंगलबार अमेरिकाले मनाउने स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा यो घटना भएको हो ।

 

यसअघि, आइतबार मेरिल्यान्डको बाल्टिमोरमा भएको गोलबारीमा दुईजनाको मृत्यु भएको थियो भने २८ जना घाइते भएका थिए । बीबीसीबाट

Share: