
काठमान्डौ/अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ ।
पाणिनी गाउँपालिका–१ पणेनाको गोगनपानीमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको मृत्यु भएको वडाध्यक्ष कमल प्रसाद पोखरेले जानकारी दिए । मृत्यु हुनेमा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको मृत्यु भएको वडाध्यक्ष पोखरेलले बताए ।
घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । तीन वटा शव निकालिएको प्रहरीले जनाएको छ ।