Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राष्ट्रपति पौडेलको उपचार खर्च सरकारले बेहोर्ने, ५५ लाख निकासा – Lekhanpeeth

राष्ट्रपति पौडेलको उपचार खर्च सरकारले बेहोर्ने, ५५ लाख निकासा

305
0
Share:

काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । यसअघि भारतमा गरिएको उपचार खर्च आफैँ बेहोर्ने इच्छा व्यक्त गरेको भन्दै राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गरेको भए पनि परराष्ट्र मन्त्रालयले खर्च निकासाको स्वीकृत अर्थ मन्त्रालयले दिइसकेको जनाएको छ ।

 

अर्थ मन्त्रालयको बजेट महाशाखालाई असार १८ गते परराष्ट्र मन्त्रालयले पत्र पठाउँदै भनेको छ, ‘यथार्थ खर्चको बिल भर्पाई बमोजिमको रकम सम्बन्धितलाई भुक्तानी दिने प्रयोजनका लागि ५५ लाख दुई हजार २७९ तपसिलको खर्च शीर्षक नम्बर र क्रियाकलापमा बजेट निकासका लागि अर्थ मन्त्रालयमा लेखी पठाउन मिति २०८० असार १८ गते को निर्णय (सचिवस्तर) को प्रतिलिपि र अन्य आवश्यक कागजातहरू यसै साथ संलग्न राखी पठाइएको ब्यहोरा सादर अनुरोध गरिन्छ,’ उपसचिव भेषराज भुर्तेलले लेखेको पत्रमा उल्लेख छ ।

Share: