वडा सचिव र वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

234
0
Share:

काठमान्डौ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष र वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग घुस लिएको गरेको धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष बुलन यादव र वडा सचिव अमृत नारायण मिश्रविरुद्ध विगोश अदालत काठमान्डौमा मुद्दा दायर गरिएको हो ।

 

वडाध्यक्ष यादव र वडा सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिए बापत सेवाग्राहीसँग ७० हजार रुपैयाँ घुस–रिसवत लिएको अख्तियारको ठहर छ ।

 

यादव र मिश्रलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा सत्तरी हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा ९१० अनुसार बिगोबमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई दायर गरिएको अख्तियारका प्रबक्त भोला दाहालले बताए ।

Share: