Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना – Lekhanpeeth

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

308
0
Share:

काठमान्डौ/हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। आज९शनिबार०सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ ।

 

त्यस्तै आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

Share: