बालसाहित्यकार रामबाबु सुवेदी सम्मानित

142
0
Share:

काठमान्डौ/बालसाहित्यमा सक्रिय साहित्यकार रामबाबु सुवेदीलाई ‘रमाइला नानी बालसाहित्य पुरस्कार तथा सम्मान’ प्रदान गरिएको छ । भाषासेवी कृष्णप्रसाद पराजुलीको ८९औँ जन्मजयन्तीको अवसर पारेर कृष्ण साहित्य सदनले सो सम्मान प्रदान गरेको हो ।

 

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा वातावरणविद् डा। तीर्थबहादुर श्रेष्ठले साहित्यकार पराजुलीको महाकाव्य ‘मनमाया’माथि शोध गरी स्नातकोत्तरमा उत्कृष्टता हासिल गर्ने छात्र डिल्ली नेपाललाई समेत सम्मान गरे । डा. श्रेष्ठले पराजुलीको सिर्जनात्मक अवशेष अहिले पनि नेपालीमाझ रहेको उल्लेख गरे ।

 

सम्मानित व्यक्तित्व सुवेदीले साहित्यकार पराजुलीसँगको संगतले नै आफूले बालसाहित्यमा कलम चलाउन सिकेको बताए । कार्यक्रममा प्रा. डा. ध्रुवकुमार घिमिरे, प्रा। डा। चूडामणि बन्धु, प्रा. डा. कपिल लामिछाने, शाश्वत पराजुली, शाम्भवी पौडेललगायत व्यक्तिले बोलेका थिए ।

Share: