
काठमान्डौ/सुडानको ओमदुरमान सहरमा भएको हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । राजधानी खार्तुमको छिमेकी सहर ओमदुरमानको आवासीय क्षेत्रमा शनिबार आक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आक्रमणमा अज्ञात संख्यामा मानिसहरू घाइते भएका छन् ।
हवाई हमला राजधानी र अन्य ठाउँमा सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको सहरी क्षेत्रमा भएका झडपहरूमध्ये सबैभन्दा घातक थियो । गत महिना खार्तुममा भएको हवाई आक्रमणमा पाँच बालबालिकासहित कम्तीमा १७ जनाको मृत्यु भएको थियो ।
आरएसएफले ओमदुरमानको आवासीय क्षेत्रहरूमा आक्रमणको लागि सेनालाई दोष लगाएको छ । जहाँ युद्धरत गुटहरू बीचको लडाइँ छ । सेनाले कथित रूपमा महत्वपूर्ण आपूर्ति लाइन काट्ने प्रयास गरेको थियो । ‘सेना प्रमुख अब्देल फताहे अल–बुरहानको नेतृत्वमा अतिवादी आतंकवादी मिलिशियाद्वारा गरिएको जानाजानी हवाई आक्रमणको घोर निन्दा गर्दछ’, आरएसएफ समूहले एक विज्ञप्तिमा भनेको छ ।