Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी – Lekhanpeeth

विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी

Share:

काठमान्डौ/विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी परेका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर-५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाएर बिरामी परेका हुन्।

 

उनीहरूको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । शनिबार राति उनीहरुलाई डडेलधुरा ल्याइएको हो।

 

डोटी प्रहरीका अनुसार १८ वर्षीय अनमोल दुरा, आशु बोगटी, ६० वर्षीया गंगा दुरा, १४ वर्षीया एलिजा दुरा, १० वर्षीया मीना बोगटी, सुनिल खड्का, शकुन्तला खड्का, निशा बोगटी र वर्मा देवल विषालु च्याउ खाएर बिरामी परेका हुन्। दुई जनाको परिचय खुलेको छैन।

Share: