धैर्य गर्नुहोस् सफलता अवश्य मिल्नेछ !

192
0
Share:

काठमान्डौ/१७ वर्ष को उमेर मा उनलाई कलेज बाट निकालियो । २५ वर्ष को उमेर मा उनकी आमा बितिन र टुहुरी भइन । २६ वर्ष को उमेर मा आफ्नो देश छोडेर अंग्रेजी पढाउन उनि पोर्चुगल गइन् । २७ वर्ष को उमेर मा उनीले बिबाह गरिन र २८ वर्ष को उमेरमा छोरीलाइ जन्म दिइन् । २८ वर्ष को उमेरमा उनको पारपाचुके भयो र उनि डिप्रेसनमा गइन । २९ वर्ष को उमेर मा उनि राज्य को अनुदान मा आश्रित एकल आमा भइन् ।

 

३० वर्ष को उमेर मा उनि यो संसार बाट विक्षिप्त भै एक्लै बस्न थालिन् ।आत्महत्या गर्ने सोच पनि बनाइन् । तर जीवन येति मात्र थिएन उनि एक्लो भएर समाज बाट टाडा बस्दा उनले आफ्नो जीवनका भोगाइ-सिकाइ हरुका बारेमा लेख हरु लेख्न थालिन् । ३१ वर्षको उमेरमा उनले आफ्नो पहिलो पुस्तक निकालिन् ।
३५ वर्ष को उमेर मा उनले चार वोटा पुस्तक निकालिन् । त्यसै वर्ष उनले उत्कृस्ट लेखकको पुरस्कार पाइन् । ४२ वर्ष को उमेरमा उनले निकालेको पुस्तक एकै दिनमा एक करोड दस लाख प्रति बिक्यो ।

 

त्यो पुस्तक को नाम थियो ‘ह्यारी पोर्टरू र यी महिला हुन् जे. के. राउलिंग’ । अब सोच्नुस त उनले ३० वर्ष को उमेरमा आत्महत्या गर्ने सोच्दथिन् । त्यसैले हरेस नखानुहोस् । आफू माथि विश्वास गर्नुहोस् । मेहनत गर्नुहोस् । काम मा कटिबद्ध हुनुहोस् । सफलताको कुनै उमेर हुँदैन ।

Share: