Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राष्ट्रिय सभाको बैठक भोलिका लागि सर्‍यो – Lekhanpeeth

राष्ट्रिय सभाको बैठक भोलिका लागि सर्‍यो

Share:

काठमान्डौ/आज (सोमबार) बिहान ११ बजे बस्ने भनेको राष्ट्र सभाको बैठक स्थगित भएको छ । संसद भवन नयाँ बानेश्वरमा विनियोजन विधेयक २०८० माथि छलफल गर्नका लागि बोलाइएको बैठक भोलि(मंगलबार)का लागि सारिएको हो ।

 

राष्ट्रिय सभाका अध्यक्षका प्रेस सल्लाहकार दुर्गा प्रसाद शर्माका अनुसार सोमबार ११ बजेका लागि बोलाइएको बैठक विशेष कारणवस मंगलबार ११:१ मिनेटमा बस्ने गरी समय परिवर्तन भएको जानकारी दिएका छन् ।

 

आज सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा जलस्रोत तथा सिँचाइ, खानेपानी, अर्थ, श्रम रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको थियो ।

Share: