संसद् तीन दलले बन्धक बनाउन मिल्छ : रवि लामिछाने

212
0
Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले तीन दलले संसद्लाई बन्धक बनाएको भन्दै आपत्ति प्रकट गरेका छन् । उनले प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ आफ्ना कुरा राख्दै मिटर ब्याज सम्बन्धी अध्यादेश शून्य अवस्थामा पुगेको हुँदा छोटो बाटोबाट छिटो ल्याउन माग गरे ।

 

‘तीन दलले संसद् बन्धक बनाउन मिल्छ ? हामी कतिपय एजेन्डामा सरकारसँग हुन्छौँ कतिपय एजेन्डामा प्रतिपक्षसँ,’ उनले भने, ‘व्यवसायीको मुद्दा जोडिएको छ । व्यापार गरेर बाँचेको मान्छे बैंकको ब्याज तिर्न नसकेर पीडित बनेको छ । त्यसका बारेमा बोल्न पर्दैन रु माइतीघरमा लाइन लागेर बसेका विषयमा बोल्न मिल्दैन रु बाटो अवरुद्ध छ त्यसमा बोल्न मिल्दैन ?’

Share: