Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दाहालको निधनले माओवादी केन्द्र र बाम आन्दोलनलाई क्षति : अध्यक्ष केसी – Lekhanpeeth

दाहालको निधनले माओवादी केन्द्र र बाम आन्दोलनलाई क्षति : अध्यक्ष केसी

202
0
Share:

काठमान्डौ/राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

 

अध्यक्ष केसीले आज शोक विज्ञप्ति जारी गरी नेकपा (माओवादी केन्द्र) की नेत्रीसमेत रहनुभएकी दाहालको निधनले आफूलाई ज्यादै दुःखी तुल्याएको बताएका छन् ।

 

उनले मृतक दाहालप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । अध्यक्ष केसीले दाहालको निधनले माओवादी केन्द्र र नेपालको बाम आन्दोलनलाई क्षति पुगेको बताए ।

 

अध्यक्ष केसीले शोकाकुल माओवादी केन्द्रलाई शोकलाई शक्तिमा परिणत गर्ने क्षमता प्राप्त होस् भन्ने कामनासमेत गरेका छन् ।

Share: