सावित्राको गोलले नेपाल हारबाट जोगियो

229
0
Share:

काठमान्डौ/अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलमा नेपाल र घरेलु टोली बङ्गलादेशले बराबरी खेलेका छन् ।

 

ढाकाको मोहम्मद मुस्तफा कमल रङ्गशालामा आज बिहीवार भएको खेलमा नेपाल र बङ्गलादेशले बराबरी खेले । बङ्गलादेशकी सबिना खातुनले खेलको ६५ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएको थिइन् । तर नेपालकी सावित्रा भण्डारीले थपिएको ४ मिनेटको इन्ज्युरी समयमा गोल गर्दै टोलीलाई बराबरीको अवस्थामा ल्याइन् ।

 

गएको वर्ष भदौमा काठमाडौँमा सम्पन्न साफ च्याम्पियनशिपको फाइनलपछि नेपाल र बङ्गलादेशले दुई वटा मैत्रीपूर्ण फुटबल खेल्न लागेका हुन् । पहिलो पटक साफ च्याम्पियनशिपको उपाधि जित्दा बङ्गलादेशले नेपाललाई ३–१ गोलले हराएको थियो । नेपालले अहिलेसम्म साफ च्याम्पियनशिपको उपाधि जित्न सकेको छैन ।

 

नेपाल र बङ्गलादेशबीच दोस्रो मैत्रीपूर्ण फुटबल पर्सि आइतबार हुनेछ ।

Share: