प्रधानमन्त्री दाहाललाई राष्ट्रपतिको समवेदना सन्देश

139
0
Share:

काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै परिवारका सदस्यलाई समवेदना दिएका छन् । शुक्रबार बिहान राष्ट्रपति पौडेलको समवेदना सन्देश लिएर राष्ट्रपति कार्यालयका पदाधिकारी र राष्ट्रपति पौडेलका परिवारका सदस्यहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

 

राष्ट्रपति पौडेलको सन्देश राष्ट्रपति कार्यालयका सचिव डिल्लीराज शर्माले प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका थिए । सशस्त्र सङ्घर्षलगायत सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि भएका आन्दोलनमा सीताको भूमिका महत्त्वपूर्ण रहेको राष्ट्रपति पौडेलले पठाएको समवेदना पत्रमा उल्लेख छ ।

 

‘समाज रूपान्तरण र राजनीतिक परिवर्तन मात्र नभएर प्रधानमन्त्री दाहालको राजनीतिक छवि एवं कदलाई सफलतापूर्वक यो उचाइसम्म ल्याउन विगतका कष्टकर दिनहरूमा सीताको साथ र सहयोग उदाहरणीय तथा अनुकरणीय छ’, राष्ट्रपति पौडेलले समवेदना पत्रमा भनेका छन् ।

 

प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेलको समवेदना पत्रमा अत्यन्तै मार्मिक भएको बताउँदै आभार व्यक्त गरेका थिए। यसअघि सीताको निधन भएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहाललाई टेलिफोन गरी दुःख व्यक्त गरेका थिए ।

Share: