चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको मूल्य प्रतितोला कति ? हेर्नुहोस् आजको बजार भाउ

216
0
Share:

काठमान्डौ/नेपाली बजारमा शुक्रबार चाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । गत जेठ २८ गते बनेको उच्च मूल्यको रेकर्ड यसदिन तोडिएको हो । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

 

यसअघि गत जेठ २८ गते चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँ पुगेर नयाँ रेकर्ड बनेको थियो । शुक्रबार सुनको मूल्य भने सामान्य बढेको छ । हिजोको प्रतितोला आठ सय रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँ बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Share: