Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रियालिटी शो ‘दोहोरी आईकन’ आयोजना हुने – Lekhanpeeth

रियालिटी शो ‘दोहोरी आईकन’ आयोजना हुने

Share:

काठमान्डौ/रियालिटी शो ‘दोहोरी आईकन’ आयोजना हुने भएको छ । आयोजकले राजधानीमा पत्रकार सम्मेलन गरी शोको बारे जानकारी दिएका हुन् ।

 

नेपाली मौलिक लोक दोहोरी गीतको संरक्षण र प्रवर्द्धन, अग्रजलाई सम्मान अनि नव प्रतिभालाई प्रोत्साहन भन्ने मुल नारासहित एजे इन्टरटेनमेन्टले यो कार्यक्रमको आयोजना गर्न लागेको हो । एजे इन्टरटेनमेन्ट र योहो टेलिभिजनको संयुक्त प्रस्तुतीमा शो आयोजना हुन लागेको हो ।

 

‘दोहोरी आईकन’ योहो टिभीबाट केही महिनापछि सुरु हुनेछ । विशेषत मौलिकतालाई जोड दिँदै केही सातापछि डिजिटल तथा अनलाइनमार्फत ‘दोहोरी आईकन’ को अडिशन सुरु गरिने आयोजकको भनाइ छ ।

 

‘दोहोरी आईकन’मा कोमल ओली, पशुपती शर्मा, कुलेन्द्र विश्वकर्मा निर्णायकको रुपमा रहेका छन् भने होस्टको रुपमा पीएन सापकोटा र शोभा त्रिपाठी रहेका छन् ।

 

केही महिनामा अडिशन सुरु भएलगत्तै पुनः पत्रकार सम्मेलनको आयोजना गरी केही निर्णायक पनि थपिने कुरा पत्रकार सम्मेलनमा बताइएको छ । कार्यक्रमको विजेतालाई २५ लाख रुपैयाँसहित विश्व भ्रमणको व्यवस्था गरिएको छ ।

 

अजय पोखरेलको अध्यक्षता भएको पत्रकार सम्मेलनमा वरिष्ठ लोक गायिका कोमल ओली, समाजसेवी रमेश बाबु श्रेष्ठ, गायक पशुपती शर्मा, गायक कुलेन्द्र विश्वकर्मा, गायक कृष्ण रेउले, गायक दिपक खड्का लगायतको उपस्थिति रहेको थियो ।

Share: