कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी एजेन्डामा छलफल हुने

135
0
Share:

काठमान्डौ/नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (मंगलबार) बस्दैछ। बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । आजको बैठकमा छलफलका लागि १० वटा एजेन्डा तय गरिएको छ ।

 

विधानअनुसार केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा कम्तीमा एकपटक बस्नुपर्छ । तर, एक वर्षपछि बैठक बस्न लागेको हो । २०७९ साल असार २७ देखि २ गतेसम्म कांग्रेसको केन्द्रीय समिति बसेको थियो ।

 

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको हो।महामन्त्री विश्वप्रकाश शर्माले दश वटा एजेन्डा तय गरिएको जानकारी दिए । पहिलो एजेन्डाका रूपमा समसामयिक राजनीतिक विषय रहनेछ। यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरूमा छलफल हुने छ । ​

 

त्यसैगरी बैठकमा साङ्गठनिक कार्ययोजना र कार्य तालिकासमेत एजेन्डाका रूपमा प्रस्तुत हुनेछ । कार्यसम्पादन समितिले गरेका निर्णयहरूको अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदनमाथि छलफल र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि बैठकमा प्रस्तुत हुने शर्माले बताए ।

 

केन्द्रीय कार्यसमिति बैठकमा विभागहरू गठनका साथै पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत हुनेछ। अनुशासन समितिको प्रतिवेदन पेस गर्ने एजेन्डा पनि तय भएको छ ।

Share: