ड्युटी गरिरहेका ट्राफिक प्रहरीलाई बीच सडकमा कुट्ने युवक पक्राउ

685
0
Share:

काठमान्डौ/ललितपुरको चापागाउँ दोबाटोमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङ घर भई चापागाउँ दोबाटोमा मोबाइल पसल गर्ने २६ वर्षीय विश्वास राई हुन् ।

 

राईले शुक्रबार दिउँसो चापागाउँ दोबाटोमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवलदार सुनिल शाहमाथि निर्घात कुटपिट गरेका थिए । उनलाई हिजै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले जानकारी दिए ।

 

चापागाउँ दोबाटोमै मोबाइल पसल रहेको राईले ट्राफिक व्यवस्थापनमा काम गरिरहेका हवलदार शाहसँग निहुँ खोजी एक्कासी कुटपिटमा उत्रिएको एसपी कार्कीले बताए । सिसीटिभी हेर्दा ड्युटी गरिरहेका हवलदारसँग सडकमा बसिरहेका ती व्यक्ति आफैले निहुँ खोजेको र अकास्मात् कुटपिटमा उत्रिएको देखिन्छ,’ उनले भने।

 

उनीविरूद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने र घटनाबारे थप अनुसन्धान भइरहेको सातदोबाटो प्रहरी वृत्तले जनाएको छ ।

Share: