
काठमान्डौ/काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालक अझै फेला परेका छैनन् । आइतबार अपराह्न वर्षापछिको भेलमा बगेर भोजपुर स्थायी ठेगाना भएका १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए ।
महाराजगञ्ज प्रहरीले ती बालक सोमबार बिहान १० बजेसम्म पनि फेला नपरेको र खोजी कार्य जारी रहेको जानकारी दिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, विपद व्यवस्थापनको टोली खोजी कार्यमा खटिएका छन् । काठमाडौंमा आइतबार अत्यधिक वर्षा हुँदा साना खोला-खोल्सीमा बाढी आएको थियो ।
उनी काठमाडौंकै पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा–६ का विद्यार्थी हुन् । प्रहरी स्रोतका अनुसार स्कुल छुट्टी भएपश्चात् साजन घर गएका थिए । घरमा खाजा खाएर फुटसल खेल्न जाने क्रममा उनलाई भेलले बगाएको थियो ।