Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पुरस्कारको व्यवस्थाले सय किलो सुन समात्यौँ : अर्थमन्त्री महत – Lekhanpeeth

पुरस्कारको व्यवस्थाले सय किलो सुन समात्यौँ : अर्थमन्त्री महत

248
0
Share:

काठमान्डौ/अर्थमन्त्री डा. प्रकाशशरण महतले सय किलो सुन आफूले आर्थिक वर्ष २०८०र०८१ मा ल्याएको सूचना दिनेलाई पुरस्कारको व्यवस्थाका कारण पक्राउ परेको दाबी गरेका छन् ।

 

सोमबार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री महतले सुन प्रकरणमा अहिले अनुसन्धान भइरहेको र गैरकानुनी काम गर्ने जो कोहीलाई पनि कारबाही हुने बताए।

 

उनले भन्सारमा प्रविधिको अपडेट र आधुनिक मेसिन जडान गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले भन्सारमा हुने अनियमिततालाई निस्तेज पार्नुपर्ने आवश्यकता रहेको बताए ।

 

उनले भने, ‘जसलाई जे मन लाग्यो त्यो भन्न पाउने, त्यहाँमाथि सामाजिक सञ्जालमा भाइरल भइहाल्छ। मैले बजेट बनाउँदादेखि नै मैले यस्तो भिजनमा कल्पना पनि गर्न सक्दिनँ। मैले बजेटमा नै प्रस्ताव गरेको हो कि यो भन्सारमा कतिपय कुराहरूलाई अनियमित कुरा निस्तेज गर्न पुरस्कारको व्यवस्था गरेको छु, सूचना दिनेलाई यो व्यवस्था बीचमा हटेको थियो, मलाई लाग्छ त्यसले पनि यो सूचना प्राप्त गरी पक्राउ गर्न मद्दत पुग्यो।’

Share: