
काठमान्डौ/नेपाली कथानक चलचित्र ‘जुलेबी’को टिजर सार्वजनिक गरिएको छ । एक मिनेट दश सेकेन्ड लामो टिजरमा लभ र रोमान्सका दृश्य समावेश गरिएका छन् ।
भदौ १ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्रमा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायत कलाकारको अभिनय रहेको छ ।
गणेशदेव पाण्डेले निर्देशन गरेको चलचित्रको निर्माता आभा शर्मा नेपाल हुन् ।