Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रसुवागढी नाकाबाट तीन महिनामा ४६ देशका नागरिक नेपाल भित्रिए – Lekhanpeeth

रसुवागढी नाकाबाट तीन महिनामा ४६ देशका नागरिक नेपाल भित्रिए

210
0
Share:

काठमान्डौ/चीनसित जोडिएको उत्तरी नाका रसुवागढीमा पछिल्लो समय चहलपहल बढ्दै गएको छ । कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको सो नाका गत चैत १८ गतेदेखि पुनः सञ्चालनमा आएपछि व्यापार तथा पर्यटकीय गतिविधि बढेको हो ।

 

सो नाका भएर नेपाल घुम्नका लागि चिनियाँ पर्यटकको आगमन सुरु भएको छ । नेपाल भित्रने चिनियाँ पर्यटकको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । अध्यागमन कार्यालय टिमुरेका कार्यालय प्रमुख चूडामणि अर्यालका अनुसार गत चैत १८ गतेदेखि असार मसान्तसम्म २ हजार ८ सय ३७ चिनियाँ पर्यटक रसुवागढी नाका भएर नेपाल भित्रिएका छन् ।

 

तीन महिनाको अवधिमा रसुवागढी नाकाबाट ४६ देशका नागरिक नेपाल भित्रिएको तथ्याङ्क छ । सो अवधिमा पाँच हजार दुई सय ३६ महिलासहित १० हजार छ सय ७७ पर्यटक उक्त नाका भएर नेपाल भित्रिएका अर्यालले बताए ।

 

कोरोना अवधिभर सुनसान रहेको रसुवागढी क्षेत्रबाट चिनियाँ पर्यटक नेपाल भित्रने र अन्य देशका पर्यटक चीनतर्फ प्रस्थान गर्न थालेपछि उक्त नाकामा चहलपहल बढेको छ । पर्यटकको आगमनले सीमा क्षेत्रका बासिन्दामा उत्साह थपिएको छ । रसुवागढी नाकाबाट रसुवाका बासिन्दा केरुङतर्फ जाने र चिनियाँ नागरिक पनि टिमुरे तथा स्याफ्रुबेँसी घुम्न आउने गरेका छन् ।

 

रसुवा–केरुङ ओहोरदोहोर गर्न अध्यागमन कार्यालय टिमुरेले एक सय ५० रसुवाका नागरिकलाई परिचयपत्र प्रदान गरेको छ । बसाइँ सरी आएको कागजातका आधारमा गत चैत १८ गतेदेखि असारको पहिलो हप्तासम्म ४१ नयाँ परिचयपत्र जारी गरिएको, ३३ जनालाई प्रतिलिपि प्रदान गर्नुका साथै ७६ जनाको परिचयपत्र नवीकरण गरिएको अध्यागमन कार्यालयले जनाएको छ । विसं २०७२ पछिसम्म नयाँ, प्रतिलिपि तथा नवीकरण गरी तीन हजार तीन सय ३३ जनाले सीमा परिचयपत्रको सुविधा लिएका छन् । भूकम्पकाले रसुवागढीस्थित अध्यागमन कार्यालय भत्केपछि त्यहाँ रहेका अभिलेख नष्ट भएका थिए ।

Share: