Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पार्टी काममा सामूहिक भाव हुनुपर्छ : उपाध्यक्ष पौडेल – Lekhanpeeth

पार्टी काममा सामूहिक भाव हुनुपर्छ : उपाध्यक्ष पौडेल

251
0
Share:

काठमान्डौं/नेकपा (एमाले) उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी काममा सामूहिक भाव हुनुपर्ने बताएका छन् ।

 

नेकपा (एमाले)का तर्फबाट लुम्बिनी प्रदेशमा निर्वाचित जनप्रतिनिधिलाई नेपालगञ्जमा आयोजित प्रशिक्षणमा उनले पार्टीभित्र झागिँदै गएको व्यक्तिवादी प्रवृत्तिलाई निरुत्साहित पार्दै सामूहिक भावका साथ काम गर्नतर्फ जनप्रतिनिधि अग्रसर हुनुपर्नेमा जोड दिए ।

 

‘नेकपा (एमाले) ख्याल ख्यालमै बनेको पार्टी होइन, यो जनताले विश्वास गरेको पार्टी हो’, उपाध्यक्ष पौडेलले भने, ‘हिजोआज पार्टीका सिपाही कर्तव्यबाट विमुख बन्न थालेका छौँ, सबैले आत्मसमीक्षा गरेर जिम्मेवारी बहन गरौँ ।’ उनले विगतमा भएका कमजोरीलाई सच्चाउँदै पार्टीले उठाउने हरेक उम्मेदवारमा कार्यकर्ताले आफ्नो भविष्य देख्ने गरी सम्पूर्ण पार्टीपङ्क्ति सामूहिक भावका साथ पार्टी निर्माण अभियानमा होमिनुपर्ने बताए ।

 

राष्ट्रिय आकांक्षाको प्रतिनिधित्व गर्न, संविधान र राष्ट्रिय हितको रक्षासहित सामाजिक न्यायसहित ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा अगाडि लैजाने गरी जनतासमक्ष पुग्न नेता पौडेलको आग्रह थियो । उनले पार्टी सरकारमा रहँदा यिनै विषयलाई कार्यक्रम बनाएर अगाडि बढेको र प्रतिपक्षमा रहँदा यसका लागि दबाबसहितका कार्यक्रम गरेर बलियो राष्ट्रिय शक्ति बनेको विषयलाई जनतासमक्ष पुर्याउनुपर्ने बताए ।

 

लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधि सहभागी प्रशिक्षण कार्यक्रममा आज महासचिव शङ्कर पोखरेलले समेत प्रशिक्षण दिने नेकपा (एमाले) प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए ।

Share: