
काठमान्डौ/मोरङको कटहरी गाउँपालिका–४ स्थित खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा १० वर्षीय प्रेमकुमार साह रहेका छन् । स्थानीय सुखानी खोलामा डुबेर आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बालक डुबेको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा उद्धार गरिएको थियो ।
उद्धार गरी उपचारको लागि कोसी अस्पताल विराटनगरतर्फ लगिएकोमा बालकको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।