Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आइसिसी महिला विश्वकपको एसिया छनोटमा २४ खेलाडी छानिए – Lekhanpeeth

आइसिसी महिला विश्वकपको एसिया छनोटमा २४ खेलाडी छानिए

349
0
Share:

काठमान्डौ/नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोट प्रतियोगिताका लागि आज २४ खेलाडी छनोट गरेको छ ।

 

मलेसियामा आयोजना हुने उक्त प्रतियोगितामा रुविना क्षेत्रीको कप्तानीमा क्यानले २४ खेलाडी छनोट गर्दै बन्द प्रशिक्षणमा बोलाएको हो । विश्वकपको एसिया छनोट आगामी अगष्ट २८ देखि सेप्टेम्बर ६ तारिखसम्म हुनेछ ।

 

एशिया छनोटमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा आयोजक मलेसियासँगै भुटान, बहराइन, कतार र संयुक्त अरब इमिरेट्स ९युएई० छन् । यसैगरी समूह ‘बी’ मा कुवेत, चीन, हङकङ, म्यान्मार र थाइल्याण्ड छन् । आ–आफनो समूहमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले सेमिफाइनल खेल्नेछन् ।

 

फाइनल पुग्ने दुई राष्ट्रले भने बङ्गलादेशमा सन् २०२४ मा आयोजना हुने महिला विश्वकप प्रतियोगितामा स्थान पक्का गर्नेछन् । नेपाली टोलीका लागि छनोट हुनेमा नेपाली टोलीकी कप्तान रुविनासहित सीता रानामगर, इन्दु बर्मा, अप्सरी बेगम, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, ईश्वरी विष्ट, कृतिका मरासिनी, बिन्दु रावल, नेरी थापा, काजोल श्रेष्ठ र सम्झना खड्का छन् ।

 

त्यसैगरी सरस्वती चौधरी, स्नेहा महरा, सृष्टि जैशी, कञ्चन श्रेष्ठ, रोमा थापा, सवनम राई, पूजा महतो, खुसी डङ्गोल, मनिषा चौधरी, ज्योति पाण्डे र रुवि पोडार पनि छनोटमा परेका छन् ।

Share: