Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ऐतिहासिक चिया बगान संरक्षण गर्न पुनः चिया रोपण सुरु – Lekhanpeeth

ऐतिहासिक चिया बगान संरक्षण गर्न पुनः चिया रोपण सुरु

329
0
Share:

काठमान्डौ/इलामको पुरानो चिया बगान संरक्षण गर्न पुनः चिया रोपण सुरु गरिएको छ । सदरमुकामस्थित बगानमा एक सय ६० वर्षअघि (विसं १९२०) मा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुरका ज्वाइँ गजराजसिंह थापाले पहिलोपटक बिरुवा रोपेका थिए तर बगानको उचित संरक्षण हुन सकेको थिएन ।

 

पुरानो बिरुवा मरेर भएको खाली ठाउँमा करिब सात हजार बिरुवा रोपण गर्ने काम सुरु भएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले जानकारी दिए। ‘इलामको सुन्दरता नै चियाबारी हो । यसैको संरक्षण नहुँदा चिया पर्यटनसमेत चुनौती बन्दै गएको थियो’, नगरप्रमुख थापाले भने, ‘अब भने पुरानै जातको चिया लगाएर ढकमक्क बनाएपछि इलाममा फेरि सुन्दरताको चमक थपिनेमा हामी विश्वस्त छौँ ।’

 

इलाम नगरपालिकाको पहलमा नेपाल चिया विकास निगमले लिजमा दिएको कम्पनीले बिरुवा रोपिरहेको हो । ‘देश विदेशबाट आएका पर्यटक तथा अनुसन्धानकर्ताले इलामको पुरानो चिया बगान नै खोजी गर्छन् तर, त्यसैको अवस्था बिग्रिदो भएपछि हामीले बिरुवा रोप्ने अभियान सुरु गराएका हौँ” नगर उपप्रमुख विष्णुकुमारी लिम्बूले भने, ‘यो ऐतिहासिक महत्त्वको चिया बगान संरक्षण गर्न तीनै तहको सरकार लागि पर्न जरुरी छ ।’

Share: