
काठमान्डौ/रोल्पामा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । मंगलबार दिउँसो करिब १ बजेर २० मिनेटमा त्रिवेणी गाउँपालिका–७, तिलास्थित रीचिगाउँनजिकै बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
स्थानीय वागमारादेखि दाङको घोराहीतर्फ आउँदै गरेको ना५ख २६१२ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।
दुर्घटनामा माडी गाउँपालिका–२ का २१ वर्षीय प्रकाश बाठा, माडी–४ का ५१ वर्षीय गोर्खे डाँगी, उनकी श्रीमती ५० वर्षीया हस्ता डाँगी र परिवर्तन गाउँपालिका–३ का भक्त विकको मृत्यु भएको मृत्यु भएको प्रहरीले बताइएको छ ।
प्रहरीका अनुसार दुर्घटनाअघि बसमा २२ जना सवार रहेका अनुमान गरिएको छ । बसमा सवार अरू यात्री घाइते छन् । घाइतेहरूलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइँदै छ ।
बस सडकबाट अन्दाजी १५० मिटर तल खसेको छ ।