Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
विभूषण लिलामीमा नराख्न महावीर पुनलाई गृह मन्त्रालयको पत्र – Lekhanpeeth

विभूषण लिलामीमा नराख्न महावीर पुनलाई गृह मन्त्रालयको पत्र

332
0
Share:

काठमान्डौ/गृह मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई विभूषण लिलामीमा नराख्न आग्रह गरेको छ । मङ्गलवार मन्त्रालयको विभूषण तथा सभा समारोह प्रबन्ध शाखाले पुनलाई पत्र पठाएर विभूषण लिलामीमा राखे रद्द गर्ने चेतावनी दिएको हो ।

केही समय अघि पुनले मानपदवी कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीको विभूषण लिलामी गर्न सामाजिक सञ्जालमा राखेका थिए । सामाजिक सञ्जालमा राखेको थाहा पाएकाले उक्त पत्र काटिएको मन्त्रालयले जनाएको छ ।

 

‘विभूषण ऐन, २०६४ को दफा २६ ९१० बमोजिम कुनै नेपाली नागरिक वा विदेशी व्यक्तिलाई प्रदान गरिएको विभूषण निजले कसैलाई बिक्री गरेमा वा बन्धकीमा राखेमा वा विभूषणको मर्यादा विपरीत हुने गरी विभूषणको प्रयोग गरेमा वा कसैलाई प्रयोग गर्न दिएमा नेपाल सरकारले विभूषण रद्द गर्न सक्नेछ,’ उक्त पत्रमा भनिएको छ ।

 

Share: