
काठमान्डौ/दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । बिगु गाउँपालिका–२, ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो ।तामाकोसी नदीमा माछा मार्न जाने क्रममा पहिरोमा पुरिएर तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ ।
उनी गए राति माछा मार्न तामाकोसी नदीतर्फ जाँदै गर्दा बाटोमा पहिरोमा पुरिएका थिए । तामाङसँगै गएका अरू तीनजनाले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । केही दिनअघि गौरीशंकर गाउँपालिका–७ मा पहिरोमा पुरिएर दुईजनाको ज्यान गएको थियो । पहिरोमा परेर दुईजना अझै बेपत्ता छन् ।