Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आज राष्ट्रिय भू–संरक्षण दिवस – Lekhanpeeth

आज राष्ट्रिय भू–संरक्षण दिवस

301
0
Share:

काठमान्डौ/आज राष्ट्रिय भू-रक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा आज देशका विभिन्न स्थानमा अन्तरक्रिया गर्नुका साथै वृक्षारोपण गरेर दिवस मनाइँदै छ ।

बाढी, पहिरो, भू-क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्‍याउन एवं भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले २०३१ साउन २४ गतेदेखि दिवस मनाउन थालिएको हो ।

 

विभागको स्थापनासँगै जिल्लास्तरमा भू-संरक्षण कार्यालय स्थापना गरी सेवा प्रवाह सुरु गरिएको थियो । विसं २०३१ देखि ‘भू-संरक्षण दिवस’का रूपमा मनाउने गरिएको पाइन्छ । भू-तथा जलाधार संरक्षण विभाग स्थापना भएको साउन २४ गतेलाई ‘भू(संरक्षण दिवस’का रूपमा मनाउने गरिएको हो । विगत वर्षहरूमा फूलजन्य बिरुवा, धुपी, काइयोलागयत बोटबिरुवा रोपेर सो दिवस मनाइँदै आएको छ ।

 

वातावरणीय संवेदनशीलता, प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनको प्रभावका दृष्टिकोणले नेपाल उच्च जोखिममा छ । संवेदनशील भू-धरातलीय र भौगोलिक अवस्थिति तथा कमजोर भौगर्भिक बनावटका कारणले गर्दा मानवजन्य तथा प्राकृतिक प्रकोपका प्रभावबाट भारी मात्रामा धनजनको क्षति र वातावरणीय समस्या व्यहोर्नुपरेको छ ।

Share: