मालपोत कार्यालय वीरगंजका अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

260
0
Share:

काठमान्डौ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय वीरगंजका मालपोत अधिकृत हरिनारायण मिश्र, सनद कुमार द्वीवेदी ब्रह्मण र चन्द्रबहादुर भण्डारीसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरिएको हो ।

 

मालपोत अधिकृत हरिनारायण मिश्र, मालपोत अधिकृत सनद कुमार द्वीवेदी ब्रह्मण, मालपोत अधिकृत चन्द्रबहादुर भण्डारी, कम्प्युटर अधिकृत कमोद तिवारी, नासु रामेश्वर प्रसाद साह र नासु लेखनाथ भट्टराईले फाँट ‘क’ बाट १७ वटा र फाँट ‘ग’ बाट २ वटा लिखतहरू पारित गर्दा लाग्ने राजस्व निर्धारण गर्दा आफूले पूरा गर्नुपर्ने तोकिएको दायित्व र जिम्मेवारी पूरा नगरी बदनियतपूर्वक गरेको कार्यबाट रु। ४ करोड, २५ लाख, ५ सय ३१ रुपैयाँ २० पैसा राजस्व चुहावट गरेको अख्तियारको ठहर छ ।

 

मालपोत कार्यालय वीरगंजको रजिस्ट्रेसन फाँट ९क० र ९ग० बाट २०७३ साउन २ गते रजिस्ट्रेसन पास गर्दा लिखतहरूमा घरबाटो सिफारिस विना न्यूनतम मूल्याङ्कनभन्दा कम मूल्य राखी राजस्व हिनामिना हुने गरी व्यक्तिगत लाभ लिई लिखत पारित गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

Share: