
काठमान्डौ/साताको अन्तिम दिन अर्थात् शुक्रबार आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत सोमबारदेखि लगातर घटिरहेको सुनको मूल्य आज पनि घटेको प्रतितोला दुई सय रुपैयाँ घटेको हो ।
सोमबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ, मंगलबार प्रतितोला तीन सय रुपैयाँ र बुधबार प्रतितोला एक सय रुपैयाँ र बिहीबार प्रतितोला सात सय रुपैयाँले घटेको थियो । यो पाँच दिनमा सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेको हो ।