Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नरदेवीको आगो नियन्त्रणमा – Lekhanpeeth

नरदेवीको आगो नियन्त्रणमा

Share:

काठमान्डौ/काठमान्डौको नरदेवीमा आज बिहान लागेको आगो नियन्त्रणमा आएको छ । काठमान्डौ महानगरपालिका– १८ नरदेवीस्थित शोभा बज्राचार्यको घरको पाँचौँ तल्लामा लागेको आगलागी केहीबेर अघि निभाइएको हो ।

 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलका अनुसार बिहान करिब ७ बजे आगलागी भएकामा दमकल, पानी ट्याङकर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको हो ।

 

आगलागीबाट पाचौँ तल्लाको ढोका र झ्याल क्षति भएको र त्यसको कारण भने खुल्न नसकेको प्रहरी उपरीक्षक ढुङ्गेलले बताए ।

Share: