सडक दुर्घटनामा किर्गिस्तानमा ८ जनाको मृत्यु

233
0
Share:

काठमान्डौ/किर्गिजस्तानमा सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ ।

 

सोमबार किर्गिज गृह मन्त्रालयको मुख्य सडक सुरक्षा निर्देशनालयले जनाएअनुसार इस्सिक क्षेत्रको टोङ जिल्लाको बिश्केक–बालिक्ची राजमार्गमा अगष्ट १३ को राति सो दुर्घटना भएको हो ।

 

दुई गाडी एकापसमा ठोक्किदा दुई बालबालिका – डेढ वर्षको र पाँच महिनाको बच्चा सहित आठ जनाको मृत्यु भएको छ। अन्य ६ जना विभिन्न घाइते अस्पतालमा उपचाररत छन् । घटनाको अनुसन्धान भइरहेको छ ।

Share: