
काठमान्डौ/वरिष्ठ समाजसेवी रामचन्द्र साहको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । जनकपुरधाम निर्माण तथा यहाँको शिक्षा र स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासका लागि अर्बौ रकम बराबरको जग्गा, जिन्सी र नगद गरी योगदान पुर्याएका उनि रामसागर रामस्वरुप परिवारको ज्येष्ठ सदस्य थिए । विसं १९८५ रामनवमीका दिन जन्मेका उनि राराब क्याम्पस र सरस्वती माध्यामिक संस्थापक पनि थीए ।
साहलाई श्रद्धाञ्जली दिन उनका जेठा छोरा ताराचन्द्र साहको मुजेलियास्थित निवासमा यहाँका ज्येष्ठ सदस्य, राजनीतिज्ञ, पत्रकार, समाजसेवीलगायतका मानुभाव पुगेका छन् । साहका माइला छोरा ई प्रकाशचन्द्र साह र कान्छा छोरा सुभाषचन्द्र साह पनि साथमै छन् ।
स्थानीय रामनगिना राउतले समाजसेवी साहको निधनले जनकपुरधामलाई ठूलो क्षति पुगेको भनाइ राखे। समाजलाई विभिन्न माध्यमबाट पुर्याएका साहको योगदानको उचित मूल्याङ्कन गरी राज्यले सम्मान गर्नुपर्ने उनले धारणा राखे ।श्रद्धाञ्जली अर्पणका लागि पुगेका जनकपुरधाम उपमहानगरपालिकाका पूर्वप्रमुख लालकिशोर साहले स्व साहले आधुनिक जनकपुरधामको जग बसाउने काम गरेको स्मरण गरे। जनकपुरधामलाई शिक्षाको केन्द्रका रुपमा स्थापित गर्न पनि स्वर्गीय साहले विशेष योगदान दिनुभएको पूर्वप्रमुख साहको भनाइ छ ।
स्व. साहका भतिजा समेत रहेका धर्मसंस्था रामस्वरुप साह, रामसागर साह मिल्स एरिया जनकपुरधामका उपसभापति प्रभाकरप्रसाद साहले काका साहासिक व्यक्ति भएको बताए । ‘काकाले देखाएको हिम्मत र समाजसेवाप्रतिको लगनशिलता सबैका लागि प्रेरणाको स्रोत पनि हो, हामी सबैले अनुसरण गर्नेछौँ’, उनले भने । स्वर्गीय साहको पार्थीव शरीरलाई आजै बेलुका रत्नसागर सरोवरस्थित स्वर्गद्वारीमा दाहसंस्कार गरिने भतिज विद्याकर साहले जानकारी दिए ।
स्व. साह सभापति रहेको ट्रष्टले गरेको मुख्य दानहरु
विसं २००१ मा भारु १० हजार एक नगद भारु र एक मन धान पुँजीसहित स्थापना भएको धर्मसंस्था रामस्वरुप साह, रामसागर साह मिल्स एरिया जनकपुरधाम (ट्रष्ट)ले जनकपुरधामका साथै धनुषा र यसक्षेत्रमा विभिन्न योगदान पुर्याएको छ ।
स्व. साहले जनकपुरधाममा सञ्चालित राराब क्याम्पसका लागि ७५ बिघा जमिन दान गरेका थिए । उनले सरस्वती उच्च मावि, मुजेलियास्थित उच्च माविका लागि पनि जग्गा दान गरेका थिए । जनकपुरधामको शिवचौकस्थित शिवमन्दिर, गङ्गासागरघाट धर्मशाला, जटहीमा पुल र मन्दिर, मुजेलियामा धर्मशाला र मन्दिर, रत्नसागर मन्दिर तुल्सी स्मारण, महिनाथपुर संस्कृत महाविद्यालय, धनुषाको कुशमाहा सतोषरस्थित मन्दिर निर्माणमा पनि जग्गा दान गरी योगदान दिएका थिए । त्यसैगरी बेङ्गाडाबरमा साढे चार बिघा जग्गामा विद्यालय र शौचालय निर्माणका लागि पनि उनको योगदान रह्यो ।
यस क्षेत्रको कुशमाहा, गम्हरिया, पर्सा, बगरासहितका ठाउँमा अहिलेसम्म कूल तीन सय ४२



