सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

Share:

काठमान्डौ/साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दैै हिजो आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जनाएको छ ।त्यस्तै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ७५० रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको महासंले जनाएको छ ।

 

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

Share: