Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुदूरपश्चिम पृतना ट्रफी : गोरख बक्स गणलाई भलिबलको उपाधि – Lekhanpeeth

सुदूरपश्चिम पृतना ट्रफी : गोरख बक्स गणलाई भलिबलको उपाधि

Share:

काठमान्डौ/नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय ट्रफीअन्तर्गत गणतर्फको भलिबल प्रतियोगिताको उपाधि गोरख बक्स गण अछामले जितेको छ । आज बिहान कञ्चनपुरको महेन्द्रनगरस्थित श्री नं २५ वाहिनी अड्डा भगतपुर ब्यारेकमा भएको फाइनल खेलमा देवीदल गण तेघरी ब्यारेकलाई ३–१ सेटले पराजित गर्दै गोरख बक्सले उपाधि जितेको हो । गत शनिबारदेखि सुरु भएको ट्रफीअन्तर्गत कञ्चनपुरमा गुल्म स्तरीय भलिबल, स्विमिङ र बक्सिङ सञ्चालन भइरहेको छ ।

 

प्रतियोगितामा उपाधि विजेता गोरख बक्स गणलाई सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापाले ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरे । कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी, श्री नं २५ वाहिनी अड्डा भगतपुर ब्यारेकका वाहिनीपति सहायक रथी मनोज थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुवेर खड्का, कञ्चनपुर भलिबल सङ्घका अध्यक्ष श्यामसिंह मौनी, विभिन्न गण तथा गुल्मका गुल्मपतिलगायत सैनिक अधिकृतको सहभागिता रहेको थियो ।

 

यही भदौ १० गतेसम्म सञ्चालन हुने पृतनापति ट्रफीमा भलिबल, फुटबल, बास्केटबल, स्विमिङ, बक्सिङ लगायतका खेल समावेश छन् । खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा समेत राष्ट्रको नाम रोशन गर्दै सेनाले हरेह वर्ष ट्रफी आयोजना गर्दै आएको छ । साथै खेलाडीमा सामूहिक भावना ल्याउनाका साथै नेपाली सेनाको स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद तथा स्पोर्टस फोर फ्रेन्डशिप कुरालाई मनन गर्दै विभिन्न विधामा उत्कृष्ट खेलाडी उत्पादन गर्ने अभिप्रायले ट्रफी आयोजना गरिएको सेनाले जनाएको छ ।

Share: