
काठमान्डौ/सांसद प्रभु साहले गौर हत्याकाण्डको विषयमा पीडितहरुसँग भएको सहमति के भयो भन्दै प्रश्न गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सरकार र पीडितबीच भएको सहमतिलाई गठबन्धन दलभित्र अर्कै व्याख्या गरेर केही दिनभित्रै भ्रम फैलाएको बताए ।
उनले सरकारको यो विषयमा धारणा के हो भन्दै प्रश्न गरे । उनले नेपाल प्रहरीले यो घटना किन अघि बढाउन नसकेको भन्दै प्रश्न गरे ।
‘गौर हत्याकाण्डको विषयमा के भएको छ, जान्न चाहन्छु । सरकार र पीडितबीच सहमति भयो । तर, केही दिन नबित्दै गठबन्धनको नाममा भ्रमपूर्ण कुरा आएको छ । पीडित चिन्तित छ । सरकारले धारणा के हो स्पष्ट भन्नुपर्छ,’ उनले भने, ‘कानुनको शासन छ कि छैन रु कानुन लाग्छ कि लाग्दैन ? घटनाको १७ वर्ष बितिसक्दा पनि किन न्याय भएन ?’