शेयर बजार ३१ अंकले घट्यो

181
0
Share:

काठमान्डौ/साताको अन्तिम कारोबारका दिन शेयर बजार दोहोरो अंकको गिरावट आएको छ ।

 

बिहीबार सेयरबजार ३१।५२ अंकले घटेर २०१३।९३ बिन्दुमा कायम भएको छ । यसदिन बजारमा ४६ लाख ५७ हजार १३७ कित्ता सेयरको खरिदबिक्री हुदाँ १ अर्ब ५५ करोड ५ लाख ८२ हजार ६८५ रुपैयाँको कारोबार भएको छ ।

 

आजको कारोबामा कुथेली बुखेरी स्मल हाइड्रोपावर र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले सर्वाधिक नाफा कमाएका छन् भने मोलुङ हाइड्रोपावर कम्पनीले सर्वाधिक गुमाएका छन् ।

Share: